लेवी 8:34 · नेपाली बाइबल
तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो।
Cross references
हिब्रू 7:16
उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।
हिब्रू 7:27
उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैलाई सधैंको लागि एकै पल्ट बलीको रूपमा चढाउनु भयो।
हिब्रू 10:11
प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।