Home Bibles लेवी 8:17 · नेपाली बाइबल
लेवी 8:17 · नेपाली बाइबल

त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।

Cross references

प्रस्थान 29:14

बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।

लेवी 4:11

तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,

लेवी 4:12

अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।

लेवी 4:21

पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

लेवी 6:30

तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।

लेवी 16:27

“पवित्र चीजहरू शुद्ध पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।

इजकिएल 43:21

तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।

गलाती 3:13

व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।

हिब्रू 13:11

पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।

Interlinear

Choose Theme