Home Bibles लेवी 7:9 · नेपाली बाइबल
लेवी 7:9 · नेपाली बाइबल

अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।

Cross references

लेवी 2:3

बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

लेवी 2:10

अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

लेवी 5:13

यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”

लेवी 6:16

“रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।

गन्ती 18:9

वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्।

2 राजा 12:17

हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरूद्ध युद्ध गर्नगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरूद्ध युद्ध गर्ने योजना बनाए।

इजकिएल 44:29

तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छ्न, त्यो तिनीहरूको हुनेछ।

1 कोरिन्थी 9:7

आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अंगुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेडाको दुध पिउँदैन?

1 कोरिन्थी 9:13

के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्?

गलाती 6:6

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

Interlinear

Choose Theme