पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ।
Cross references
तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।
तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो जलाओस्। यो परमप्रभुको निम्ति भोजन बलि हो।
अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।
यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”
“रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।
जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।
किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”
परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेडाको भाग थियो।
तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने साँप्रा पनि तिम्रो हुनेछ।