“मानिसहरूको गाई तथा भेडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।
Cross references
त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउनेछु।
“इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो।
पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
“म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु।
यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरुलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एकलै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।