लेवी 27:17 · नेपाली बाइबल
यदि कुनै मानिस आफ्नो जमीन जयन्ती वर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।
Cross references
लेवी 25:9
सासौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेडाको सींगको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।
लेवी 25:10
तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।
लेवी 25:11
तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।
लेवी 25:13
जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।