Home Bibles लेवी 27:13 · नेपाली बाइबल
लेवी 27:13 · नेपाली बाइबल

यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।

Cross references

लेवी 5:16

पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेडाद्वारा चढाएकोमा पूजाहारीले उसको पापको निम्ति प्रायश्चित गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ।

लेवी 6:4

यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो।

लेवी 22:14

यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

लेवी 27:10

जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।

लेवी 27:15

यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।

लेवी 27:19

यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ।

लेवी 27:27

तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।

Interlinear

Choose Theme