Home Bibles ☰ Books लेवी 25:4 · नेपाली बाइबल
लेवी 25:4 · नेपाली बाइबल

तर सातौं वर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ।

Cross references

प्रस्थान 23:10

“छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।

लेवी 25:20

“तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’

लेवी 26:34

“तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।

लेवी 26:43

“जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूलेतिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,

2 इतिहास 36:21

यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

Interlinear

Choose Theme