लेवी 25:29 · नेपाली बाइबल
“यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।
Cross references
उत्पत्ति 24:55
रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”
लेवी 27:14
“अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ।