Home Bibles लेवी 25:27 · नेपाली बाइबल
लेवी 25:27 · नेपाली बाइबल

त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।

Cross references

लेवी 25:16

तिमीले वर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै वर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि वर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्।

लेवी 25:24

मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।

लेवी 27:18

तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव वर्षसम्म कति वर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।

Interlinear

Choose Theme