लेवी 24:12 · नेपाली बाइबल
मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।
Cross references
प्रस्थान 18:15
तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।
प्रस्थान 18:23
यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”
गन्ती 9:8
मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”
गन्ती 15:34
तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
गन्ती 27:5
यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।
गन्ती 36:5
यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।