लेवी 23:41 · नेपाली बाइबल
प्रत्येक वर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैं चलिरहनेछ।
Cross references
लेवी 23:14
तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।
गन्ती 29:12
“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
नहेम्याह 8:18
उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तकबाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौ दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।