तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ।
Cross references
म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।
यो पवित्र चाडको पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।
हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
“इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्
“यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ।
यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।
तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।
त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैंको निम्ति चालू रहनेछ।
लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्।
परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।
त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।