Home Bibles लेवी 22:6 · नेपाली बाइबल
लेवी 22:6 · नेपाली बाइबल

यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

Cross references

लेवी 11:24

निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।

लेवी 11:25

अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।

लेवी 11:27

चार खुट्टाले हिंड्छ तर पन्जाले टेकेर हिंड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ।

लेवी 11:28

जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।

लेवी 11:31

घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।

लेवी 11:32

“अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।

लेवी 11:39

“यदि तिमीहरूका पशुहरूमध्ये कुनै मर्छ जसलाई खानको निम्ति तिमीहरूलाई अनुमति दिइएको छ, तब व्यक्ति जसले यसको मृत शरीरलाई छुन्छ साँझसम्म अशुद्ध रहनेछ।

लेवी 11:40

यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।

लेवी 15:5

यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

लेवी 16:24

उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ।

गन्ती 19:7

त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।

हाग्गै 2:13

त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

1 कोरिन्थी 6:11

म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

हिब्रू 10:22

शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

Interlinear

Choose Theme