“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Cross references
किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
“इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।
पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।
यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”
तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”
त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।
मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस।
परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।
सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।