Home Bibles लेवी 20:25 · नेपाली बाइबल
लेवी 20:25 · नेपाली बाइबल

यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।

Cross references

लेवी 10:10

किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ।

लेवी 11:1

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

व्यवस्था 14:3

“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

प्रेरित 10:11

उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो।

प्रेरित 10:28

उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसंग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।

एफिसी 5:7

तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन।

Interlinear

Choose Theme