Home Bibles लेवी 19:9 · नेपाली बाइबल
लेवी 19:9 · नेपाली बाइबल

“जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।

Cross references

लेवी 23:10

“इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।

लेवी 23:22

“जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

लेवी 23:29

“यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्‌याउनु पर्छ।

व्यवस्था 24:19

“जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।

व्यवस्था 24:21

त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।

रूथ 2:2

एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”

रूथ 2:8

तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर।

रूथ 2:15

तब रूथ उठिन् अनि काममा फर्कि गइन्।तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोक्नु।

Interlinear

Choose Theme