“तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
Cross references
“यदि कुनै पुरूषले आफ्नी भाउज्यू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।
“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।
यसअघि हेरोदले युहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई सांग्लोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।
तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।
हेरोद आफैले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।
तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।
हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।