Home Bibles ☰ Books लेवी 16:10 · नेपाली बाइबल
लेवी 16:10 · नेपाली बाइबल

दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरूभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।

Cross references

लेवी 14:7

अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।

लेवी 16:21

जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरूभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरूभूमितिर लिएर जान पर्खिरहेको हुनेछ।

यशैया 53:4

तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।

रोमी 3:25

परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।

रोमी 4:25

येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।

2 कोरिन्थी 5:21

ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

हिब्रू 7:26

यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

हिब्रू 9:23

यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सकली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।

1 यूहन्ना 2:2

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।

1 यूहन्ना 3:16

साँचो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ बरिनीहरुका निम्ति अर्पण गर्नुपर्छ।

Interlinear

Choose Theme