लेवी 14:56 · नेपाली बाइबल
यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।
Cross references
लेवी 13:2
“यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।
लेवी 13:3
पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पाउनुहुन्छ घाउ छालाभन्दा गहिरो छ तब त्यो हानिकारक चर्मरोग हो। जब पूजाहारीले जाँच सक्नु हुन्छ तब त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।