Home Bibles लेवी 14:28 · नेपाली बाइबल
लेवी 14:28 · नेपाली बाइबल

अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी-औंला र दाहिने खुट्टाको बूढीऔंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यही लगाई दिऊन्।

Cross references

प्रस्थान 29:20

त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क।

लेवी 8:23

त्यसपछि तिनले त्यो भेडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए।

Interlinear

Choose Theme