Home Bibles ☰ Books लेवी 13:57 · नेपाली बाइबल
लेवी 13:57 · नेपाली बाइबल

यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।

Cross references

यशैया 33:14

सियोनमा भएका पापीहरू त्रसित छन्। ती मानिसहरू जसले नराम्रा कामहरू गर्छ उनीहरू डरले काम्दछ। तिनीहरूले भने, “के हामी मध्ये कोही यस आगोबाट छिर्न सक्छौं जसले खरानी बनाउँछ? यस आगोको छेउमा बस्न सक्छौ जसले पोल्दछ?”

मत्ती 3:12

उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

मत्ती 22:7

यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

मत्ती 25:41

“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

प्रकाश 21:8

तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”

प्रकाश 21:27

नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

Interlinear

Choose Theme