“जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन।
Cross references
यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो।
एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालुखुइले मान्छे। माथि चढ तँ तालुखुईले मान्छे।”
उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”
यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ।
म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ।
किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।
सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सान्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।