अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।
Cross references
अनि तिमीहरूले सूंगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सूंगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सूंगुर तिमीहरूले नछुनु।
ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुंगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्।
कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ।“ती मानिसहरूले सुँगुरहरू मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिमीहरूले केवल त्यसलाई कुल्चने छन्।
तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।
अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।