Home Bibles विलाप 5:22 · नेपाली बाइबल
विलाप 5:22 · नेपाली बाइबल

तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो। के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो? 

Cross references

भजनसंग्रह 44:9

तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो। तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।

भजनसंग्रह 60:1

हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।

भजनसंग्रह 74:1

हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?

भजनसंग्रह 79:5

हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?

यशैया 64:9

परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।

यर्मिया 6:30

तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

यर्मिया 14:19

“हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।

यर्मिया 15:1

परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

इजकिएल 24:13

तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।

इजकिएल 37:11

त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’

होशे 1:6

तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।

Interlinear

Choose Theme