Home Bibles विलाप 3:66 · नेपाली बाइबल
विलाप 3:66 · नेपाली बाइबल

तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

Cross references

व्यवस्था 7:24

परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।

व्यवस्था 25:19

यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।

व्यवस्था 29:20

परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।

2 राजा 14:27

परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।

भजनसंग्रह 8:3

हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।

भजनसंग्रह 35:5

तिनीहरूलाई हावाले उडाउने भूसजस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।

भजनसंग्रह 35:6

तिनीहरूका बाटाहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।

भजनसंग्रह 73:15

हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।

भजनसंग्रह 115:16

स्वर्गमा परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।

यशैया 66:1

परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

यर्मिया 15:15

हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?

विलाप 3:43

तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।

होशे 8:3

जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।

Interlinear

Choose Theme