Home Bibles विलाप 3:6 · नेपाली बाइबल
विलाप 3:6 · नेपाली बाइबल

धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।

Cross references

भजनसंग्रह 88:5

मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला

भजनसंग्रह 143:3

तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहोरझैं अभिशप्त पारे। धेरै र्बष अगाडि मरेको मानिस सरह तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।

भजनसंग्रह 143:7

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।

यशैया 59:10

हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।

Interlinear

Choose Theme