Cross references
तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घटना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन।इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु।
अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!
तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो। तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं जो हामीले सोचेका थियौं।”
येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्डयाईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्डयाईएको थिए।