Home Bibles ☰ Books विलाप 3:11 · नेपाली बाइबल
विलाप 3:11 · नेपाली बाइबल

परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।

Cross references

अय्यूब 16:7

हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।

अय्यूब 16:12

जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।

भजनसंग्रह 50:22

तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!

यशैया 3:26

त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

यर्मिया 5:6

तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।

यर्मिया 6:8

चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”

यर्मिया 9:10

म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।

यर्मिया 19:8

म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।

यर्मिया 32:43

तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरूभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।

यर्मिया 51:20

परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।

विलाप 1:13

परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

दानियल 2:40

त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!

दानियल 7:23

“उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।

Interlinear

Choose Theme