Home Bibles ☰ Books न्यायकर्ता 9:32 · नेपाली बाइबल
न्यायकर्ता 9:32 · नेपाली बाइबल

यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ।

Cross references

यहोशू 8:3

यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए।

यहोशू 8:4

यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।

अय्यूब 24:14

हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

भजनसंग्रह 36:4

राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।

हितोपदेश 1:11

त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं।

हितोपदेश 4:16

दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

रोमी 3:15

“तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्‌दछन्।

Interlinear

Choose Theme