Home Bibles न्यायकर्ता 8:33 · नेपाली बाइबल
न्यायकर्ता 8:33 · नेपाली बाइबल

गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।

Cross references

प्रस्थान 34:15

“होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसंग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्।

यहोशू 24:31

इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

न्यायकर्ता 2:7

इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।

न्यायकर्ता 2:17

तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

न्यायकर्ता 2:19

तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।

न्यायकर्ता 3:7

इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे।

न्यायकर्ता 8:27

गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।

न्यायकर्ता 9:4

यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।

न्यायकर्ता 9:27

एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंग्ङुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।

न्यायकर्ता 9:46

त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घटूना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

न्यायकर्ता 10:6

फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

2 राजा 12:2

योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए।

2 इतिहास 24:17

यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।

2 इतिहास 24:18

राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।

यर्मिया 3:9

यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।

Interlinear

Choose Theme