न्यायकर्ता 5:17 · नेपाली बाइबल
गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।
Cross references
उत्पत्ति 35:25
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।
यहोशू 13:25
याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।
यहोशू 13:31
त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।
यहोशू 19:24
भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।