Home Bibles न्यायकर्ता 3:5 · नेपाली बाइबल
न्यायकर्ता 3:5 · नेपाली बाइबल

इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे।

Cross references

उत्पत्ति 10:15

कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

उत्पत्ति 15:19

तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महानदीसम्म केनी कदमोनी, कनज्जी,

प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

प्रस्थान 3:17

उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

प्रस्थान 34:16

तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।

गन्ती 13:29

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

व्यवस्था 7:1

“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।

यहोशू 9:1

जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।

न्यायकर्ता 1:4

परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।

न्यायकर्ता 1:5

बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

न्यायकर्ता 1:29

एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटूना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

1 राजा 9:20

ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

नहेम्याह 9:8

तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।

भजनसंग्रह 106:34

परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।

भजनसंग्रह 106:35

तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।

Interlinear

Choose Theme