Home Bibles न्यायकर्ता 21:10 · नेपाली बाइबल
न्यायकर्ता 21:10 · नेपाली बाइबल

यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटाकेटीहरू समेतलाई मार।

Cross references

व्यवस्था 13:15

ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।

यहोशू 7:24

त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे।

न्यायकर्ता 5:23

परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”

न्यायकर्ता 21:5

तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेटून आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

1 शमूएल 11:7

शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!”परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के।

1 शमूएल 15:3

अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘

Interlinear

Choose Theme