Home Bibles न्यायकर्ता 20:34 · नेपाली बाइबल
न्यायकर्ता 20:34 · नेपाली बाइबल

इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटूना घटूनेवाला छ त्यो थाहा थिएन।

Cross references

यहोशू 8:14

तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।

अय्यूब 21:13

दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।

हितोपदेश 4:19

दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।

हितोपदेश 29:6

पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

उपदेशक 8:11

कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

उपदेशक 9:12

कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

यशैया 3:10

धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

यशैया 47:11

“तर कष्टहरू तिमीमाथि आइलाग्नेछ। तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ। तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ। तर तिमी जान्दैनौ कि के भयो भनेर तिमी चाँडै ध्वंश हुनेछौ।

मत्ती 24:44

यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।

लूका 21:34

“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

Interlinear

Choose Theme