न्यायकर्ता 19:9 · नेपाली बाइबल
त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
Cross references
हितोपदेश 27:1
तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
लूका 24:29
तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।
याकूब 4:13
तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ र्वष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच