Home Bibles न्यायकर्ता 18:30 · नेपाली बाइबल
न्यायकर्ता 18:30 · नेपाली बाइबल

दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।

Cross references

प्रस्थान 2:22

सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

प्रस्थान 18:3

यित्रोले मोशाका दुइ छोराहरूलाई पनि संगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।”

प्रस्थान 20:4

“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

लेवी 26:1

“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

व्यवस्था 17:2

“सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्।

व्यवस्था 27:15

‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’

व्यवस्था 31:16

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।

व्यवस्था 31:29

म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”मोशाको स्तुति गीत

न्यायकर्ता 13:1

इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।

न्यायकर्ता 17:3

मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेंटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”

न्यायकर्ता 17:5

मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने।

1 शमूएल 4:2

पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए।

1 शमूएल 4:10

पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।

2 राजा 15:29

अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

2 राजा 17:18

यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।

2 राजा 17:20

परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।

2 राजा 17:22

यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुसरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरूञ्जेल सम्म बन्द गरेनन्।

2 राजा 17:23

अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।

भजनसंग्रह 78:60

उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।

भजनसंग्रह 105:44

तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।

Interlinear

Choose Theme