शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”
Cross references
तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
शाऊलले मीकललाई सोधे, “तैले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।”मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।”
दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि अथवा ‘मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें।”
जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।
तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती र्भत्सना हुनै पर्छ।
आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।
तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।