कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”
Cross references
शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।”
शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।
धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।
यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।
यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसंग तपाईंले धेरै प्रश्णहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी बाटोमा भई बस्नेछौं।”
जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे।