न्यायकर्ता 15:5 · नेपाली बाइबल
शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।
Cross references
प्रस्थान 22:6
एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।
2 शमूएल 14:30
त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।”यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।