इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए।
Cross references
याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।
अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता रहे।
शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।
विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ।