Home Bibles ☰ Books न्यायकर्ता 1:3 · नेपाली बाइबल
न्यायकर्ता 1:3 · नेपाली बाइबल

यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाईहरूलाई सहायता गर्न गए।

Cross references

उत्पत्ति 29:33

लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”

यहोशू 19:1

तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।

न्यायकर्ता 1:17

केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।

2 शमूएल 10:11

योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।

प्रकाश 7:7

शिमियोनको कुल समूहबाट 12,000लेवीको कुल समूहबाट 12,000इस्साखारको कुल समूहबाट 12,000

Interlinear

Choose Theme