अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्वा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।
Cross references
यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।
मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।
त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।
मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।