तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
Cross references
यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्।
मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।
जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो।
ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।
गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
“अरु ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्।
तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?”हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”