Home Bibles ☰ Books यहोशू 8:7 · नेपाली बाइबल
यहोशू 8:7 · नेपाली बाइबल

तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।

Cross references

यहोशू 8:1

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु।

2 राजा 5:1

नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।

हितोपदेश 21:30

कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

Interlinear

Choose Theme