यहोशू 5:3 · नेपाली बाइबल
यसकारण यहोशूले र्दशिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।
Cross references
उत्पत्ति 17:23
परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई संगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि संगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।
मत्ती 16:24
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।