Home Bibles यहोशू 5:1 · नेपाली बाइबल
यहोशू 5:1 · नेपाली बाइबल

यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरूञ्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खडा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।

Cross references

उत्पत्ति 10:15

कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

उत्पत्ति 12:6

अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।

उत्पत्ति 15:18

यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

उत्पत्ति 48:22

जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जिते।”

प्रस्थान 15:14

“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।

प्रस्थान 23:28

म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।

गन्ती 13:29

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

यहोशू 2:9

राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

यहोशू 2:11

हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।

यहोशू 3:16

अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।

यहोशू 3:17

त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।

यहोशू 12:9

यरीहोका राजा 1बेतेल नजीकका ऐका राजा1

यहोशू 17:12

मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।

यहोशू 17:18

तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”शेष भूमिको विभाजन

यहोशू 24:15

“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”

न्यायकर्ता 1:1

यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

न्यायकर्ता 3:3

पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे।

न्यायकर्ता 4:2

यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे।

न्यायकर्ता 11:23

उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाडन लाउन सक्छु भनी तिमी ठान्छौ?

1 शमूएल 25:37

भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो।

2 शमूएल 21:2

(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।

1 राजा 10:5

रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, ‘लामो सास फेर्ने बनाइ दिए।’

एज्रा 9:1

यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।

भजनसंग्रह 48:4

एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।

भजनसंग्रह 135:11

परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।

यशैया 13:6

परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।

इजकिएल 16:3

तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन।

इजकिएल 21:7

तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।

दानियल 5:6

यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।

आमोस 2:9

तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए।

सपन्याह 2:4

गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाहिं उजाड हुनेछ।

प्रकाश 18:10

ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

Interlinear

Choose Theme