यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।
Cross references
उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए।
अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।
“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।
तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।