तब मानिसहरूले यहोशूलाई भने, “अहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”
Cross references
सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।
तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”
मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’परमप्रभु मोशासँग बोल्नुहुन्छ
आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।
“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘