Home Bibles ☰ Books यहोशू 24:13 · नेपाली बाइबल
यहोशू 24:13 · नेपाली बाइबल

मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।”

Cross references

व्यवस्था 6:10

“परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।

व्यवस्था 6:11

परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।

व्यवस्था 8:7

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।

व्यवस्था 19:1

“अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।

यहोशू 11:13

तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो।

यहोशू 21:45

परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

हितोपदेश 13:22

इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।

Interlinear

Choose Theme